आजबाट च्याम्पियन्स लिग : बार्सिलोना र बायर्न भिड्दै

काठमाडौँ । यूरोपियन फुटबलको प्रतिष्ठित फुटबल प्रतियोगिता युईएफए च्याम्पियन्स लिगको नयाँ सिजन आजबाट सुरू हुँदैछ । समूह चरणको पहिलो खेलमा आज बार्सिलोनाले घरेलु मैदानमा जर्मन च्याम्पियन बायर्न म्युनिखको सामना गर्नेछ ।

बार्सिलोनाको गृह मैदान नोउ क्याम्पमा नेपाली समयअनुसार राती १२:४५ मा हुने खेलमा बार्सिलोना बायर्नसँग विगत भुलाउन मैदानमा हुनेछ । बार्सिालोनालाई १५ मार्च २०२० को क्वाटरफाइनलको बायर्नसँगको खेलले अहिले पनि झस्काउँछ‚ जतिबेला बार्सिलोनाले ८-२ को हार व्यहोरेको थियो । यो सिजन लियोनेल मेस्सीबिनै रहेको बार्सिलोनाको चुनौती झनै थपिनेछ ।

घरेलु मैदानमा हुने खेल भएपनि बार्सिलोना खेलाडीको चोटले पनि पिरोलिएको छ । युवा फरवार्ड अन्सु फाती, सर्जियो अगुएरो, औसमान डेम्वेले र मार्थिन ब्रेथवेटसँगै डिफेन्डर सर्जिनो डेस्टले बार्यनसँगको खेलमा हुने छैनन् ।

मेम्फिस डिपाए, लुक डि योङ, फ्रान्की डि योङ, सर्जियो बुस्क्वेट्स, पेड्री, जोर्डी अल्वा, जेरार्ड पिके, रोनाल्ड एराउजो, सर्जि रोबर्टो र गोलरक्षक मार्क आन्दर टेर स्टेगन लगायत बार्सिलोनाको टीममा हुनेछन् ।

जर्मन च्याम्पियन बायर्न भने घरेलु टोलीलाई पुरानो इतिहास सम्झाउने प्रयासमा हुनेछ । बार्यनको टोलीमा रोबर्ट लेवान्डोस्की, लरोए साने, किङ्सले कोमाइन, जमल मुसिएला, थोमस मुलर, लियोन गोरेट्जका, योसुवा किम्मिख, अलफन्सो डाभिस, लुकास हर्नान्डेज, डेअट उपमेकानो, बेन्जामिन पाभर्ड र गोलरक्षक तथम कप्तान म्यानुयल नुयर लगायत रहनेछन् ।

यी दुई टोलीले अहिलेसम्म ७ पटक एक खेलेकोमा बायर्नले ५ खेलमा जित निकाल्दा बार्सिलोनाले २ खेलमात्र जितेको छ ।

युनाईटेड, चेल्सी र युभेन्टसको पनि प्रतिस्पर्धा
युरोपियन च्याम्पियन्स लिगअन्तर्गत नै मंगलबार राति म्यानचेस्टर र युनाईटेडले योङ् बोइजसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्‍तै चेल्सीले जेन्टसँग प्रतिस्पर्धा गर्दा युभेन्टसले माल्मोको सामना गर्नेछ । सेभिल्लाले साल्सबर्ग बेनिफिकाले डाइनामो किभ तथा भिल्लारियलले एट्लान्टा र लिलेले वुल्सबर्गसँग खेल्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *