प्रतिनिधि सभाको बैठक असोज ४ मा बस्ने

काठमाडौँ । प्रतिनिधि सभाको आगामी बैठक असोज ४ गते बस्ने भएको छ । मंगलबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकै बीच बसेको प्रतिनिधि सभाको बैठकले विनियोजन विधेयक, २०७८ बहुमतले पारित गरेपछि अर्को बैठक असोज ४ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो ।

आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव माथिको छलफलमा नेमकिपाका सांसद् प्रेम सुवाल सहभागी भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *