गैंडाकोट दुर्घटनामा मृत्यु भएकाको परिचय खुल्यो (अपडेट)

काठमाडाैँ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैँडाकोट नगरपालिका-१० स्थित २३ स्मृति पुल नजिक बस र ट्रक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी ज्यान गुमाएका तीन जनाको पहिचान खुलेको छ ।

प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा बर्दियाको बाँसवारी नगरपालिका ८ कि ७० वर्षीया योगमाया सुवेदी, कञ्चनपुरको झलारी बस्ने ३५ वर्षीय कृष्ण राना र कञ्चनपुरकै ४० वर्षीया रंगी तिवारी छन् ।

मङ्गलबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते उनीहरूलाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याउँदै गर्दा  मृत्यु भएको थियो । दुर्घटनामा परी घाइते २४ मध्ये  २० जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी दिलीपकुमार गिरीले बताए । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको उनले बताए ।

पुल नजिकको सिंगललेनको डाइभर्सनमा पूर्वबाट पश्चिम आउँदै गरेको ना६ख७१२६ नम्बरको ट्रकले पश्चिम जाँदै गरेको सु.प्र.०२-००१ ख ११२३ नम्बरको बसलाई ठक्कर दिँदा बस १० फिट तल खोल्सामा खसेको थियो । ट्रक र बसका दुवै चालक घाइते छन् । उनीहरूको पनि उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *