विश्वकर्मा पूजाको दिन सार्वजनिक बिदा दिन माग

काठमाडौँ । एकीकृत राष्ट्रिय विश्वकर्मा समाजले विश्वकर्मा पूजाका दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको छ । समाजले गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापन पत्र बुझाउँदै समस्त विश्वकर्मा तथा शिल्पी समुदायहरूको समेत सांस्कृतिक पर्व विश्वकर्मा पूजाको दिन सार्वजनिक बिदा दिन माग गरेको हो ।

समाजका अध्यक्ष गोपालप्रसाद विश्वकर्माले विश्वकर्मा पूजाको दिन बिदा दिँदा समग्र समुदायकै सम्मान हुने भन्दै गृहमन्त्री खाँणलाई ज्ञापन पत्र बुझाएको बताए । जवाफमा मन्त्री खाँणले आफू सकारात्मक रहेको भन्दै त्यसलाई आवश्यक प्रक्रियामा अघि बढाउने बताएका थिए । नेपालमा असोज १ गते विश्वकर्मा बाबाको पूजाआजा गर्दै विश्वकर्मा पूजालाई एक पर्वकै रूपमा मनाउने गरिएको छ ।

यस्तै, सो अवसरमा समाजले विभिन्न पाँच बुँदे मागसमेत अघि सारेको छ । समाजले प्रत्येक स्थानीय तहमा विश्वकर्मा जातिको सीप, पेसा, व्यवसाय, कलाको संरक्षण, संवर्द्धन हुने कार्यक्रमहरू समेत वार्षिक योजनामा राख्नुपर्ने, विश्वकर्माले गर्ने पेसालाई आधुनिकीकरण र व्यावसायिक बनाउन राज्यबाट विशेष कार्यक्रमहरू ल्याउनुपर्ने, वीरताको निशानी नेपाली खुकुरीको आविष्कारकको रूपमा विश्वकर्मा जातिको परिचालनको रूपमा सूचीकृत गर्नुपर्ने तथा राज्य राजनीतिक दलका संरचनाहरूमा ५ प्रयितशतभन्दा माथि रहेका यो समुदायको समानुपातिक समावेशिता रहने सुनिश्चित गर्नुपर्ने माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *