स्पेनको कोस्टा डेल सोल नजिकै आगलागी‚ हजारौँ विस्थापित

स्पेनको दक्षिणी क्षेत्र एन्डालुसियास्थित एक जंगलमा आगो लाग्दा हजारौँ स्थानीय विस्थापित भएका छन् । कोस्टा डेल सोल शहरको चर्चित रिसोर्ट सहर एस्टोपनाको माथिल्लो भागमा रहेको मैदानमा गत बुधबारदेखि सुरु भएको आगलागीका कारण दुई हजार मानिस घर छाड्न बाध्य भएको बीबीसीले जनाएको छ ।

आगलागीमा परी आगो नियन्त्रणमा खटिएका कामदारको मृत्यु भएको छ । आगो तीव्र गतिमा फैलिएका कारण आइतबार उक्त क्षेत्रमा पर्ने ६ वटा गाउँ खाली गराइएको थियो । आकाशमा धुवाँको मुस्लोको बादल टाढैबाट देख्न सकिन्थ्यो । अरु थप ५ गाउँका बासिन्दालाई शुक्रबार नै बस्ती छाड्न आग्रह गरिएको छ । जंगलमा लागेको आगो ७४ सय हेक्टरमा फैलिएको स्पेनिस मिडियाले उल्लेख गरेका छन् । एन्डालुसियाको क्षेत्रीय वन आगलागी एजेन्सीले सयौँ अग्नि नियन्त्रक, ४१ वटा विमान र २५ वटा सवारीसाधन आगो नियन्त्रणमा प्रयोग गरिरहेको बताएको छ ।

Map

क्षेत्रीय दमकल सेवाका एक अधिकारी जुआन सान्चेजले यसलाई हालको समयमा देखिएको सबैभन्दा जटिल आगलागीको दृश्य भएको बताएका छन् । एक उद्धारकर्ता एड्रियाना याकोबले समाचार एजेन्सीलाई यस्तो अमानवीय दृश्य पहिले कहिल्यै नदेखिएको समेत बताएका छन् ।

पहाडको माथिबाट आगोको ज्वाला फैलिएपछि उनी त्यहाँबाट भागेका थिए ।

आगलागी सुरु भएको दिनदेखि नै आफूहरू नसुतेको स्थानीय पेपा रुबियोले बताए । जलवायु परिवर्तनले पृथ्वीको तापक्रम र सुक्खापन लगातार बढ्दै जानु आगालागीको कारण हुनसक्ने विज्ञहरूले बताएका छन् । औद्योगिक युग सुरु भएदेखि अहिलेसम्म पृथ्वीको तापक्रम एक दशमलब २ डिग्री सेल्सियसले बढेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *