अमेरिकासँग पहिले बलिङ गर्दै नेपाल (तस्बिरहरू)

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमन टूरको पहिलो खेलमा नेपालले अमेरिकासँग पहिले बलिङ गर्ने भएको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा हुने खेलमा अमेरिकाले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो ।

लिग-२ अन्तर्गत नै नेपालले यसअघि कीर्तिपुरमा खेलेका दुवै खेलमा  अमेरिकालाई हराएको थियो ।

सन् २०२० को फेब्रुअरी ८ मा भएको खेलमा ३५ रनले र फेब्रुअरी १२ मा भएको पहिलो खेलमा नेपाल ८ विकेटले  विजयी भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *