एमसीसीले राष्ट्रियताको लडाइँ लड्न प्रेरित गर्दैछ : आहुति

काठमाडौँ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका संयोजक विश्वभक्त दुलाल ‘आहुति’ ले एमसीसीले नेपाली जनतालाई राष्ट्रियता र स्वाधीनताको लडाइँ लड्न प्रेरित गरिरहेको बताएका छन् । सोमबार (आज) संघीय राजधानी काठमाडौँमा आयोजित एमसीसीविरुद्धको विरोध सभालाई सम्बोधन गर्दै आहुतिले यस्तो बताएका हुन् । ‘साम्राज्यवादी अमेरिकाले हामीमाथि क्रिया देखाउँदैछ । हामीमाथि राष्ट्रघाती एमसीसी लाद्न खोज्दैछ,’ आहुतिले भने, ‘अब यसको प्रतिक्रियामा हामीले राष्ट्रियता र स्वाधीनताको लडाइँ लड्नुछ ।’

एमसीसीविरुद्ध सच्चा कम्युनिष्ट पार्टीहरू मोर्चाबन्दी हुनुपर्ने भनाइ आहुतिको थियो । ‘राज्यका दलालहरूले पनि हामीलाई क्रान्ति गर्न उक्साउँदैछन्,’ आहुतिले भने, ‘डा. बाबुराम भट्टराईहरूले त हामीलाई पत्रु भनेका छन् । एमसीसीको विरोध गर्नेहरु काम लाग्दैनन् भनेका छन् । तर, हामी यसको खारेज नभइन्जेलसम्म लडिरहनेछौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *