जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

गण्डकी । पिजी रियल स्टेट एण्ड जब लिङक नामक संस्था सञ्चालन गरी विभिन्न कम्पनीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिव्यक्ति दुई हजार ५०० का दरले रकम उठाइ काममा नलगाइ ठगी गरेको भन्ने जाहेरीका आधारमा स्याङ्जाको फेदीखोला गाउँपालिका-४ स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका-२७ तालचोक बस्ने कृष्ण पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

निजलाई यही भदौ २५ गते पक्राउ गरी ठगी (आपाराधिक लाभ, विश्वासघात) मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *