पौडेलले बोलाए आफू निकट केन्द्रीय सदस्यको बैठक

काठमाडौँ । डडेल्धुरा विवादबारे काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षको भेला बोलाएका छन् । सोमबार दिउँसो दुई बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी ढङ्गले विवादकैबीच गृह जिल्ला डडेल्धुरामा अधिवेशन गराएपछि त्यसबारे छलफल गर्न पौडेलले केन्द्रीय सदस्यसहितको आफूपक्षीय नेताहरूको भेला बोलाएका हुन् । २५ भदौमा डडेल्धुरामा अधिवेशन भएको थियो । त्यही दिन पौडेलले सामाजिक सञ्जालमार्फत डडेल्धुरामा भएको अधिवेशनबारे आपत्ति जनाएका थिए ।

केन्द्रीय निर्वाचन समितिले ५६ जिल्लाको क्रियाशील सदस्यहरूको नामावली प्रकाशन गरी ती जिल्लामा वडा अधिवेशन गरिसकेको छ । बाँकी जिल्लामा ५ असोजमा वडा अधिवेशन गर्ने तयारी छ । त्यसपछि ७५३ वटै स्थानीय तहको अधिवेशन ९ असोजमा हुनेछ । काँग्रेसले १४ औँ महाधिवेशन भने मङ्सिर ९ देखि १३ गतेसम्म काठमाडौँमा गर्ने कार्यपालिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *