जोकोभिचलाई हराउँदै मेडभेडेभले जिते पहिलो ग्रान्डसलाम

काठमाडाैँ । विश्व नम्बर एक नोभाक जोकोभिचलाई पराजित गर्दै रसियाका डानिल मेडभेडेभले युएस ओपन टेनिसको उपाधि जितेका छन् । २५ वर्षका रुसी खेलाडी मेडभेडेभले करिअरको पहिलो ग्राण्डसलाम उपाधि जित्ने क्रममा कीर्तिमानी जितको प्रतिक्षामा रहेका जोकोभिचलाई निरास पारे ।

विश्व नम्बर दुई मेडभेडेभले जोकोभिचलाई ६-४, ६-४ र ६-४ को सेटमा पराजित गरे । जोकोभिचले यो वर्ष अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डन टेनिसको उपाधि जितेका थिए । त्यसैले उनी वर्षका सबै चार ग्रान्डसलाम जित्ने संघारमा थिए। तर उनी एकै क्यालेन्डर इयरमा सबै उपाधि जित्ने अभियानबाट चुकेका छन् ।

३४ वर्षका जोकोभिचले पुरुष एकल तर्फ सर्वाधिक २१ औँ ग्राण्डसलाम जित्दै सर्वकालिन महान खेलाडी बन्ने मौका पनि तत्कालका लागि अन्त भएको छ । जित निकालेको भए उनी पुरुष तर्फको सर्वाधिक ग्राण्डसलाममा रोजर फेडेरर र राफायल नाडाल भन्दा माथि जाने थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *