सभामुखले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा अवरोध जारी रहेपछि सभामुख अग्निप्रसाद सापकोटाले सहमति खोज्ने प्रयास शुरु गरेका छन् ।

सभामुख सापकोटाले यसबारे छलफलका लागि भोलि (सोमबार) सर्वदलीय बैठक बोलाएका हुन् ।

सोमबार दिउँसो साढे २ बजे संसदमा प्रतिनिधि गर्ने सबै दलका नेतालाई नयाँ बानेश्वरको ल्होत्से हलमा बोलाइएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *