एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ । बैठक आज मध्याह्न १२ बजेका लागि बोलाइएको हो ।

संसद्मा विरोधलाई मर्यादित बनाउने विषयमा छलफलका लागि बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् । संसद्मा एमालेको भूमिका तथा पछिल्ला घटनाक्रम र विषयवस्तुबारे थप स्पष्ट पारिने उनको भनाई छ ।

शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले मर्यादामा रहेर विरोध गर्न निर्देशन दिएको थियो । बैठकमा विरोध गर्दा शिष्ट बन्न सांसदहरूलाई आग्रह गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *