सत्ता गठबन्धनको बैठक बालुवाटारमा

काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुको बैठक बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका अनुसार बैठक बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो ।

बैठकमा मन्त्रिपरिषद् विस्तार, सत्ता सञ्चालन तथा अमेरिकी सहयोग परियोजनालगायत विषयमा छलफल हुने बुझिएको छ । साथै संसदमा जारी प्रतिपक्षको अवरोधबारे पनि आजको बैठकमा छलफल हुनेछ । सरकार गठन भएको लामो समय भइसक्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको भन्दै प्रधानमन्त्री देउवाको आलोचना भइरहेको छ ।

यसअघिको गठबन्धन बैठकमा प्रधानमन्त्री देउवाले दलका शीर्ष नेताहरुसँग पार्टीको तर्फबाट सरकारमा पठाउने मन्त्रीको नाम मागेका थिए । तर, दलहरुले नाम उपलब्ध गराउन सकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *