ट्वीनटावर आक्रमणको दुई दशक : यस्ता छन् महत्त्वपूर्ण तथ्य

काठमाडौँ । आज सेप्टेम्बर ११ तारिख । ठिक दुई दशकअघि आजकै दिन अमेरिकाको न्यूयोर्क सहरमा रहेका विश्वकै सर्वाधिक अग्ला दुईवटा भवन (ट्रेड टावर, ट्वीन टावर) मा हमला भएको थियो । हमला ओसाबा बिन लादेनले गराएका थिए । उनी त्यसबेला अल कायदाका प्रमुख नेता थिए ।

अमेरिकाले लादेन अफगनिस्तानमा लुकेर बसेको दाबी गर्दै उनलाई बुझाउन अफगान सरकारलाई आग्रह गर्यो । त्यसबेला अफगानस्तानमा तालिबानको सत्ता थियो । अमेरिकाले लादेनलाई बुझाउन गरेको आग्रह तालिबान सरकारले मानेन । अमेरिकाले तालिबानमाथि अक्टोबर ७ बाट हमला शुरु गर्यो । केही हप्तामै तालिबान सत्ता ढल्यो ।

अमेरिकी नेतृत्वको विदेशी सेनाले अफगानिस्तान कब्जा गर्यो । अमेरिका अगस्ट ३१, २०२१ मा अफगानिस्तान छाडेर हिँड्यो । अगस्ट १५ मै तालिबानले काबुल कब्जा गरेको थियो । त्यही दिन राष्ट्रपति असरफ गनीले देश छोडे ।

जुम्ल्याहा भवन आक्रमण बारेको छोटकरी जानकारीः—

१, सन् २००१ सेप्टेम्बर ११ मा १९ जना अल कायदाका लडाकूले चारवटा उडिरहेका जहाज अपहरण गरे । उनीहरुले इस्ट कोस्ट विमानस्थलबाट बिहानै क्यालिफोर्नियाको उडानमा रहेका चार जहाजमा चढेका थिए । उनीहरुले विमान अपहरण गरेर आफ्ना लक्ष्यहरुमा ठोक्काए । जहाँ २९७७ जनाको ज्यान गयो । सिएनएनकाअनुसार यो संख्या न्यूयोर्क सिटी, वाशिङ्गटन डिसी र पेन्सिलभेनियाको एकमुष्ट संख्या हो ।

२, मंगलबार बिहान पौने ९ बजे वल्र्ड ट्रेड सेन्टरमा अमेरिकि एयरलाइन्सको बोइङ ७६७ जहाज ठोक्काइयो । ११० तल्ले भवनको ८० औँ तलामा जहाज ठोक्काइएको थियो । त्यसको १८ मिनेट मै यूनाइटेड एयरलाइन्सको १७५ जहाज दक्षिणको अर्को टावरको ६०औं तल्लामा जोतेको हिस्ट्री डटकमले लेखेको छ ।

पौने १० बजे अमेरिकी एयरलाइन्सको उडान नं. ७७ को जहाज पेन्टागनको अमेरिकी सैन्य मुख्यालयको आकाशमा उडेर झर्यो । जहाँ १२५ सैनिक र जहाजका ६४ जना पनि मारिए । १० बजे यूनाइटेड एयरलाइन्सको जहाज नं. ९३ ले सैंङस् पेन्सिलभेनियामा ठोक्काइयो ।

३, सिएनएनकाअनुसार २००१ को डिसेम्बर १३ मा ओसाबा बिन लादेनले घटनाको जिम्मेवारी लिएको अडियो सार्वजनिक भयो भने डिसेम्बर १८ मा हरेक वर्ष सेप्टेम्बर ११ लाइ ‘देशभक्त दिवश’ मनाउने निर्णय गर्यो ।

४, सन् २००१ को सेप्टेम्बरबाट अमेरिकि हवाइ सेनाले, अफगानि तालिबानले ओसामा बिन लादेनलाई नबुझाएको भन्दै काबुलमा बमबारी गर्यो । नोभेम्बर ११ सम्म अमेरिकी आडको उत्तरी गठबन्धनको नेतृत्वमा नयाँ सत्ता बन्ने चरण शुरु भयो । तालिबानले काबुल मात्रै नभएर उत्तरी अफगानिस्तान छोडेर दक्षिणी अफगानिस्तान हुँदै पाकिस्तान भागेको रोयटर्सले लेखेको छ ।

५, आक्रमण भएको एक दशकपछि सन् २०११ को मे २ मा अमेरिकी सेनाले ओसामा बिन लादेनलाई पाकिस्तानको एबोटाबादमा मार्यो ।
घटनाको २ दशक पुग्दै गर्दा अफगानिस्तानबाट अमेरिका फर्कियो भने पुन तालिबानको सरकार गठन भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *