एमाले भन्छ- ‘संसद्‌मा अप्रिय घटना घटे त्यसको जिम्मेवारी सभामुख र सत्तापक्ष हुनुपर्छ’

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसद्‌मा अप्रिय घटना घटे सभामुख र सत्तापक्षले त्यसको जिम्मेवारी लिनुपर्ने बताएको छ । ‘पछिल्लो अधिवेशनमा एकलौटी तरिकाले संसद् अगाडि बढेको छ,’ एमालेको स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै योगेशकुमार भट्टराईले भने, ‘भोलि गएर संसद्‌मा अप्रिय घटना घट्यो भने त्यसको जिम्मेवारी सभामुख र सत्तापक्षले लिनुपर्छ ।’

आफूहरुको मागप्रति सभामुखले ध्यान नदिएसम्म विरोध जारी रहने भट्टराईको भनाइ छ । विरोधको सीमाबारे छलफल गर्न एमालेले आइतबार दिउँसो १२ बजेका लागि संसदीय दलको बैठक बोलाएको जानकारी गराउँदै नेता भट्टराईले भने, ‘विरोध गर्दा कसरी गर्ने ? यसको सीमा के हो भनेर भोलिको बैठकले निर्णय गर्नेछ । हाम्रो विरोध जारी रहन्छ ।’

यस्तै प्रतिस्थापन बजेट छापामार शैलीमा आएको नेता भट्टराईले टिप्पणी गरे । एमालेको विरोधका बीच शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन बजेट भाषण सुनाएका थिए । ‘त्यो छापामार शैलीमा आएको छ,’ नेता भट्टराईले भने, ‘बजेट आउने भनेर प्रतिपक्षीलाई थाहै छैन । यो संसदीय व्यवस्थाअनुरूप भएन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *