अर्थमन्त्री शर्मा र उपाध्यक्ष सुमारबीच भेटवार्ता

काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेकी छन् । नेपाल भ्रमणका क्रममा रहेको सुमार नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री शर्मालाई शनिबार (आज) दिउँसो सिंहदरबारस्थित शर्माकै कार्यकक्षमा भेटेको हो ।

भेटका क्रममा अर्थमन्त्री शर्माले नेपाल र एमसीसीबीच सन् २०१७ मा सम्पन्न कम्प्याक्टका विषयमा राजनीतिकस्तरमा छलफल भइरहेको बताएका थिए । सो अवसरमा सुमारले कम्प्याक्टलाई संसद्बाट शीघ्र अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गरेकी थिइन् ।

सुमारले यसअघि नै प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, ऊर्जामन्त्री पम्फा भुसाललगायतलाई भेटिसकेकी छन् ।

करिब ४ वर्षअगाडि सम्झौतामा हस्ताक्षर गरेको नेपालले एमसीसीका सम्बन्धमा अझै ठोस निर्णय गर्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *