सरकारलाई प्रकाण्डको सुझाव : एमसीसी पारित गरेर अपराध नगर्नुस् (भिडिओसहित)

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले एमसीसी अस्वीकार गर्न सरकारलाई आग्रह गरेका छन् । ‘म देउवाजीको सरकारलाई भन्न चाहन्छु,’ प्रकाण्डले भने, ‘एमसीसीजस्तो राष्ट्रघाती परियोजना पारित गरेर अपराध नगर्नुस् । यस्तो अक्षम्य अपराध नगर्नुस् ।’

आन्तरिक संकटबाट बनेको सरकार कमजोर हुने बताउँदै प्रकाण्डले भने, ‘तपाईंको सरकारको आयु ६ महिना हो कि एक वर्ष हो थाहा छैन । फेरि यसैमा एमसीसी संसद्बाट पारित गरेर मूर्खता नगर्नुस् । पहिलेको सरकारले पनि प्रयास गरेको थियो । पहिलेको सरकारभन्दा तपाईंको सरकार त धेरै कमजोर सरकार हो । त्यसैले एमसीसीजस्तो राष्ट्रघाती परियोजनाको पछि नलाग्नुस् ।’

नेपाली जनतामा एमसीसीप्रति आक्रोश बढेको प्रकाण्डको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *