नेपालद्वारा २३४ रनको लक्ष्य

काठमाडाैँ । पीएनजीसँगको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले २३४ रनको लक्ष्य दिएको छ ।

ओमनमा टस जितेर ब्याटिङ् रोजेको नेपाल २३३ रनमा अलआउट भएको हो । नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ८६ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले ४५ र करण केशीले रनको योगदान गरे ।
खराब ओपनिङ्गका बाबजुत मध्यक्रमका ब्याट्स्म्यानको प्रदर्शन सन्तोषजनक रहँदा नेपालले राम्रो योगफल तयार गर्न सम्भव भएको हो ।

४९ औँ ओभरको तेश्रो र चौथो बलमा क्रमश करण र रोहित आउट भएपछी भने नेपाली इनिङ्ग धर्मराएको थियो। रोहितले १२३ बलमा २ चौका र ३ छक्काको मद्दतले ८६ रन बनाए । करणले २६ बलमा ४ छक्का र २ चौकाको सहयोगमा ४२ रन बनाए । उनको आक्रामक ब्याटिङ्गले नेपालको योगफल बढ्न सहयोग गरेको थियो ।

कप्तान मल्लले ७० बलमा तीन चौका र २ छक्का प्रहार गरे ।

पीएनजीले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *