प्रधानमन्त्री र सुमारबीच भेटवार्ता

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवा र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा जेड सुमारबीच भेटवार्ता भएको छ । भेटका लागि सुमारसहितको टोली बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेको थियो ।
भेटमा कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्की नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी लगायत उपस्थित थिए ।
देउवाले एमसीसी कम्प्याक्ट सम्झाैता र नेपालको आर्थिक रुपान्तरणका सम्भावनासहित नेपाल–अमेरिका सहयोगबारे छलफल भएको बताएका छन् ।
प्रधानमन्त्री देउवा संसदबाट एमसीसी पास गराउन लविङ गरिरहेका छन् । तर, उनकै सत्ता गठबन्धनसम्बद्ध घटकहरु समेत त्यसका लागि तयार भइसकेका छैनन् ।
बिहीबार आएको सुमार नेतृत्वको प्रतिनिधिमण्डलले काठमाडाैं  ओर्लिए लगत्तै राजनीतिक भेटवार्ता थालेको हो ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *