धकेलियो कांग्रेसको गाउँ-नगर अधिवेशन

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको स्थानीय तहको अधिवेशनको कार्यतालिका हेरफेर गरेको छ । समितिकाअनुसार गाउँ र वडानगर अधिवेशन आगामी असोज ५ गते हुनेछ ।

यो बाँकी रहेका २० जिल्लाको हकमा लागू हुने समितिले जनाएको छ । त्यस्तै, गाउँ नगरपालिका अधिवेशन असोज ९ गते हुने भएको छ ।
यसअघि भदौ २७ मा हुने भनेकोमा अब असोज ९ मा अधिवेशन हुने भएको हो ।

यसैगरी, प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज १२ गते हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *