संसद्‌मा एमालेको नारा- ‘पार्टी फुटाउन पाइँदैन’

बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले पुनः नाराबाजी गरेको छ । यसअघि नै गत भदौ २३ गते बसेको बैठकमा पनि एमालेले नाराबाजी गरेको थियो । आफूहरुको खबरदारीकै बीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेश भएको भन्दै एमालेले पुनः नाराबाजी चर्काएको हो ।

‘संसदीय मर्यादा काम गर’, ‘पार्टी फुटाउन पाइँदैन’,लगायतका नारा लगाएका एमाले सांसदहरुलाई सभामुख अग्निप्रसाद सापकोटाले संविधानको धारा १०५ र प्रतिनिधि सभा नियमावलीको नियम २१ बारम्बार सम्झाइरहे पनि उनीहरुले मानेनन् ।

निरन्तर नारा नै लगाइरहेका एमाले सांसदहरूलाई सभामुख सापकोटाले भने, ‘मुलुकमा बाढी पहिरोका समस्या छन् । हत्याका समस्या छन्, कोभिडका समस्या छन् । यी सबै कुराको बारेमा छलफल गरौँ । सहज वातावरण बनाउनुस् ।’

यसपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *