एमालेको विरोधबीच राष्ट्रिय सभामा राजनीतिक दलसम्बन्धी अध्यादेश पेश

काठमाडौँ । राष्ट्रिय सभामा राजनीतिक दलसम्बन्धी अध्यादेश पेश भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले सभामा ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ पेश गरेका छन् ।

शुक्रबार (आज) दिउँसो बसेको बैठकमा गृहमन्त्री खाँणले अध्यादेश गरेका हुन् । अध्यादेश पेश गर्नेबेला एमालेका राष्ट्रिय सभा सदस्यहरुले उभिएर विरोध जनाएका थिए ।

सभाले संविधान सभा सदस्यहरू जेबी टुहुरे र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव पारित गरेको छ । योसँगै आजको बैठक स्थगित भएको छ । अर्को बैठक भदौ २८ गते बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *