अफगानिस्तानका पत्रकारलाई तालिबानको कुटपिट

काठमाडौँ । प्रदर्शनको समाचार र फोटो कभर गर्ने क्रममा तालिबानले कुटपिट गर्ने, छर्रा हान्ने र हिरासतमा राख्नेजस्ता यातना दिएको अफगानिस्तानका पत्रकारले बताएका छन् । विभिन्न अनलाइन माध्यमबाट पोस्ट गरिएको तस्बिरमा एटिलाट्रोज पत्रिकाको २ पत्रकारलाई काबुलमा गिरफ्तारपछि कुटेको चोटपटक र घाउसँगै देखाइएको छ ।

कुटपिटमा पर्नेमध्येका एक पत्रकार ताकी दर्याबीले आफूलाई जिल्ला प्रहरी कार्यालयमा लगेर कुटपिट गरेको बीबीसीलाई बताएका थिए । बुधबार बीबीसीको टिमलाई पनि काबुलमा भएको आन्दोलनको फोटो र भिडिओ खिच्न तालिबानले रोक लगाएको थियो । तर सोही दिन नेमत नकदी भने फोटो खिच्न आन्दोलनमा गएका थिए ।

त्यसपछि तालिबानले यी दुई पत्रकारलाई हिरासतमा राखी लाठी, बिजुलीको तार र कोर्राले कुटेका थिए । त्यसकै केही घण्टापछि कुनै स्पष्टीकरणबिना यी दुईलाई तालिबानले रिहा गरेको थियो दर्याबीले बीबीसीका सेकन्डर करमानीलाई भने, ‘उनीहरूले मलाई एउटा कोठामा लगे र मेरो हात पछाडि लगेर हथकडी लगाइदिए । मैले आफ्नो बचाउ नगर्ने निर्णय गरेँ‚ किनभने त्यसो गरेमा उनीहरूले मलाई अझ नराम्रोसँग कुट्थे ।’

शरीरको अगाडिपट्टीको भागको सुरक्षाका लागि आफू भुइँमा घोप्टो परेर पल्टिएको भन्दै दर्याबीले भने‚ ‘त्यसपछि अरु ८ जनाले कोठामा आएर मलाई कुट्न थाले । लाठी, रबर जे उनीहरूको हातमा थियो‚ त्यसैले कुट्न थाले । मेरो अनुहारमा भएको यो दाग जुत्ताको हो । उनीहरूले मेरो अनुहारमा जुत्ता बजारेका थिए ।’

पत्रकार दर्याबी र नेमत दुवैलाई अचेत हुनेगरी कुटेपछि तालिबानले रिहा गरेको कुरा बीबीसीलाई बताएका छन् ।

बीबीसीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *