क्षेत्रपाटी निःशुल्क चिकित्सालयको अत्याधुनिक भवन बन्ने

काठमाडौं । काठमाडौंको क्षेत्रपाटीमा रहेको क्षेत्रपाटी निःशुल्क चिकित्सालयले ३५ करोड रुपैयाँको लागतमा आठ तले अत्याधुनिक नयाँ भवन बनाउने भएको छ । काठमाडौं महानगरपालिका वडा नं १७ मा रहेको सो अस्पतालले हाल सञ्चालनमा रहेको अस्पतालसँगैको जग्गामा अत्याधुनिक आठ तले भवन बनाउन लागेको हो ।

अस्पतालका संस्थापकको नाममा ‘माउ बद्रि’ भवन निर्माण गर्न लागेको हो । आयोजित एक कार्यक्रमकाबीच काठमाडौं महानगरपालिका मेयर विद्या सुन्दर शाक्य तथा उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ) ले संयुक्त रुपमा सिलान्यास गरेका छन् ।

सिलान्यास कार्यक्रममा आयोजित समारोहलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिका मेयर शाक्यले क्षेत्रपाटी निःशुल्क चिकित्सालय नयाँ युगमा प्रवेश गरेको बताउँदै रकम अभावका कारण भवन निर्माण सम्बन्धी कार्य नरोकिने प्रतिबद्धता व्यक्त गरे । मेयर शाक्यले भने, ‘यहाँ वडा अध्यक्षज्युहरु, उपमेयरज्यु, र छौं, फेरि पनि जितेर आउने हामी मध्येबाटै कोही हुन्छ, त्यसैले जनताको सेवा गर्ने क्षत्रपाटी चिकित्सालयले रकम अभावमा काम गर्न पाइन भनेर गुनासो गर्ने ठाउँ दिन्नौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *