बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौँ । सत्ता गठबन्धनको बैठक बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे सत्ता गठबन्धनमा रहेका दलहरुबाटै फरक फरक धारणा सार्वजनिक भइरहेको बैठक बसेको हो ।

बैठकमा समान धारणा बनाएर कसरी अघि बढ्न सकिन्छ भन्नेबारे छलफल हुने बुझिएको छ । यस्तै बैठकमा सरकार विस्तारबारे पनि छलफल हुनेछ ।

बैठकमा कांग्रेसबाट सभापति एवम् प्रधानमन्त्री देउवा, महामन्त्री पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी छन् ।

बैठकमा सरकारका मन्त्रीहरु समेत सहभागी छन् । गठबन्धनको बैठक लगत्तै प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *