प्रतिनिधि सभाको बैठक आज, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको नवौं अधिवेशनको दोस्रो बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक दिउँसो १ बजे बस्नेछ ।

बैठकमा शपथसम्बन्धी अध्यादेश २०७८, सामाजिक सुरक्षासम्बन्धी अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेशलगायत स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत् गर्ने सम्भावित कार्यसूची छ ।

सरकारले बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक प्रतिनिधिसभामा पेश गर्ने तयारी गरेको छ । प्रतिस्थापन विधेयक आउने पक्का भएपछि महालेखा नियन्त्रकको कार्यालयले तलबभत्ता बाहेकका बजेट कार्यान्वयन गर्न रोक लगाएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले अधिवेशनको पहिलो दिन २३ भदौमा बसेको तीन वटै बैठकमा नाराबाजी गरेको थियो । त्यसका बाबजुद तेस्रो बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गरेको सरकारले आज पनि अवरोध भए पनि प्रतिस्थापन विधेयक टेबल गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *