ओलीले बोलाए स्थायी कमिटी बैठक, यी हुन् एजेन्डा

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीले तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा दिउँसो ४ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।

बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापनको तयारी) र चालू संसद् अधिवेशनमा पार्टीको भूमिकाबारे छलफल हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार संसदमा पार्टीका भूमिकाबारे पनि आजको बैठकमा छलफल हुनेछ ।

यही असोज ४ देखि ६ गतेसम्म एमालेको विधान महाधिवेशन काठमाडौँमा गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *