हे आमा नेपाल ! नेताहरूलाई सद्बुद्धि देऊ : रावल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले नेताको घर-घरमा पुगेर एमसीसी प्रतिनिधि मण्डलले नेपालका नेताहरूसँग भेटेको विषयमा चिन्ता व्यक्त गरेका छन् ।

बिहीबार ट्विटरमार्फत् उपाध्यक्ष रावलले नेपालीले नचाहेको अनुदान लिनैपर्छ भन्दै नेताको घरघरमा पुगेर दबाब दिनु विडम्बनापूर्ण कार्य भएको बताएका हुन् ।

‘संविधान जारी गर्न लाग्दा नेताको घरमा पुगे विदेशीले दबाब दिने‚ सरकार परिवर्तन हुन लाग्दा त्यस्तै हुने हुँदा हुँदा नेपालीले नचाहेको अनुदान पनि लिनैपर्छ भनी विदेशीले नेताहरूको घर-घर पुगेर दबाब दिने‚ कस्तो विडम्बना !’ उनले लेखेका छन्‚ ‘हे नेपाल आमा ! नेताहरूलाई स्वाधीनता‚ स्वाभिमान र मर्यादाको सद्बुद्धि देऊ !’

बिहीबार (आज) बिहानमात्रै काठमाडौँ आइपुगेको एमसीसी प्रतिनिधि मण्डलले सबैभन्दा पहिले विपक्षी दलका नेता एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *