बंगलादेशले १ गोल फर्कायो

काठमाडौँ । नेपालसँगको मैत्रीपूर्ण खेलमा बंगलादेशले एक गोल फर्काएको छ । दोस्रो हाफमा बंगलादेशकी टोहुरा खातुनले गोल फर्काएकी हुन् ।

उनले मैदान प्रवेश गरेलगत्तै गोल गरेकी हुन् । उनले प्रहार गरेको बल नेपाली खेलाडीलाई लागेर नेपाली गोलपोस्टमा छिरेको थियो । अहिले खेल २-१ को अवस्थामा छ ।

नेपालका लागि सविता राना र प्रिती राईले गोल गरेका हुन् । दुवैले डेब्यू खेलमै गोल गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *