गठबन्धनको बैठक : के-के विषयमा भयो छलफल ?

काठमाडौँ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । ५ दलसम्बद्ध गठबन्धनको आजको बैठकमा मन्त्रिपरिषद् विस्तार, एमसीसी सम्झौता, संसद् सञ्चालनलगायतका विषयमा छलफल भएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।

पौडेलकाअनुसार हिजो एमालेले संसद् अवरुद्ध गरेपछि अब कसरी अगाडि बढ्ने भन्नेबारे समीक्षा भएको थियो । मन्त्रिपरिषद् विस्तार अब २ दिनभित्र हुने पौडेलको भनाइ छ । भनिन्— ‘मन्त्रिपरिषद् विस्तारबारे पनि छलफल भयो । १/२ दिनभित्र विस्तार हुने उहाँहरुको भनाइ थियो ।’

आजको बैठकमा गठबन्धनका नेता उपेन्द्र यादव भने सहभागि  थिएनन्। उनी अर्को कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले बैठकमा सहभागी नभएको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *