कांग्रेसको महाधिवेशन रोक्न माग गरिएको रिट खारेज

काठमाडाैँ ।  नेपाली कांग्रेसको  १४औँ महाधिवेशन रोक्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

कांग्रेसका महासमिति सदस्य एवं बागमती प्रदेशका सांसद नरोत्तम वैद्यले कोरोना महामारी नियन्त्रण नभएसम्म महाधिवेशन गर्न नहुने भएकाले महाधिवशेन रोक्न माग गर्दै दायर गरेको रिट बिहीबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले खारेज गरिदिएको हो ।

वैद्यले १८ भदौमा  महामारीको समयमा महाधिवेशन गर्दा कोभिड-१९ को संक्रमण फैलिन सक्ने भन्दै नियन्त्रण भएपछि मात्रै महाधिवेशन गर्ने गरी आदेश माग गर्दै रिट दायर गरेका थिए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *