बीपी संग्रहालय पुगेर ‘साना बीपी’काे उम्मेदवारी (तस्बिरहरू)

काठमाडाैँ । १०८ औँ बीपी जयन्तीको अवसर पारेर नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

बीपीले आफ्नो राजनीतिक जीवनको ८ वर्ष जेल बिताएको सुन्दरीजल बन्दी गृह (हालको बीपी संग्रहालय) मा एक कार्यक्रम गरी शर्माले आसन्न १४औँ महाधिवेशनमा महामन्त्रीकाे उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

तत्कालीन अवस्थामा बीपीले रोपेको कपुरको रुखमा जल चढाई रुद्राक्षको बोट रोपेर शर्माले उम्मेदवारी घोषणा गरेका थिए । प्रवक्ता शर्माले त्यहाँ रहेको वीपी, गणेशमान सिंह , कृष्णप्रसाद भट्टराईलगायत नेताको शालिकमा माल्यार्पण गरेका थिए ।

सुन्दरीजल बन्दी गृहमा बीपीसहित गणेशमान, कृष्णप्रसाद, रामनारायण मिश्र, देवानसिंह राई लगायतका कांग्रेस नेताहरूलाई तत्कालीन सरकारले बन्दी बनाई थुनेको थियो ।

प्रवक्ता शर्मालाई कांग्रेसभित्र उनका समर्थकरु ‘साना बीपी’ भन्ने गर्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *