जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

ललितपुर । ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-९ लुभु चेतना चोकस्थित किराना होलसेल पसल सञ्चालन गरी बस्ने ३७ वर्षीय रमेश थापा मगरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

मगरले ती महिलालाई सोही पसलभित्र मंगलबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *