अवैध लागुऔषधसहित दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका-१६ स्थित होटलबाट २२ ग्राम ५ सय मिलिग्राम अवैध लागुऔषध खैरो हेरोइन र १ थान डिजिटिल तराजुसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बर्दिया, बारबर्दिया नगरपालिका-९ ठेगाना भएका ३२ वर्षीय राजकुमार धिताल र बढैयाताल गाउँपालिका-७ ठेगाना भएका २५ वर्षीय रमेश थारु रहेका छन् ।

यसैगरी काठमाडौँ महानगरपालिका-२६ नयाँबसपार्कबाट १७ ग्राम अवैध लागुऔषध खैरो हेरोइनसहित धादिङ सिद्धलेक गाउँपालिका-२ ठेगाना भएका २६ वर्षीय ईश्वर ईटनीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । साथै उक्त लागूऔषध कारोबारमा संलग्न झापा विर्तामोड नगरपालिका-९ ठेगाना भएका ३३ वर्षीय रञ्जित राजवंशीलाई समेत झापाबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *