व्रत सकेपछि के खाने के नखाने ?

काठमाडौं । हरितालिका तीजका अवसरमा धेरै महिला व्रत बस्छन् । निराहार व्रत बसी यो पर्व विशेष रुपमा मनाउने गरिन्छ । कहिलेकाहीँ व्रत बस्नु स्वास्थ्यका लागि पनि फाइदाजनक हुने मानिन्छ । तर लामो समय भोकै बसेर खाँदा खाने कुरामा विशेष ध्यान दिन चिकित्सकको सुझाव छ ।

व्रत सकेपछि के खाने के नखाने भन्ने कुरामा विशेष ध्यान दिनुपर्ने  विज्ञहरुको सुझाव छ । व्रत  सकिएपछि धर्मशास्त्रका अनुसार अन्न खान नहुने भनिन्छ । तर व्रत  सकिएपछि फलफूल र झोलयुक्त पदार्थ भने खान मिल्ने धार्मिक विशेषता छ ।

के खाने के नखाने ?

-व्रतमा साबदाना शुद्ध दूध मिलाएर शुद्ध परिकार बनाएर खाँदा आडिलो हुन्छ ।

-सीधै पानी पिउनुभन्दा सलादबाट पाइने पानीले धपेडीमा फाइदा गर्छ ।

-व्रत बस्दा दूधमा बदाम भिजाएर पनि खान सकिन्छ ।

-व्रतको दिन वा सकिएपछि केही छिन रिलिफको लागि कोल्ड ड्रिंक लिने बानी छ भने त्यसले मुटुमा गम्भीर खतरा पैदा गर्छ ।

-खाली पेटमा तत्काल चिया पिउनु पनि ठिक होइन ।

-मसलेदार खाना खानु राम्रो हुँदैन ।

-रोटी, दाल, भात र तरकारी नै उत्तम हुन्छ । यसमा कार्बोहाइड्रेट हुने भएकाले शरीरमा तागत पनि दिन्छ । खानासँग सलादको मात्रा धेरै खानुपर्छ

-व्रत बस्दा चिल्लोऔपिरो खानुहुँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *