संसद् बैठकअघि सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडौँ । संसद् अधिवेशन शुरु हुनुअघि सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो ३ बजेका लागि गठबन्धनको बैठक बोलाएको देउवाको सचिवालयले जनाएको छ ।

बैठकमा आजको शुरू हुने संसद् अधिवेशनमा सत्ता पक्षको तयारीका बारेमा छलफल हुनेछ । यसअघि सबैजसो दलले संसद् बैठकको तयारी स्वरुप संसदीय दलको बैठक बोलाइसकेका छन् ।

आजको बैठकमा मुख्य विपक्षी दल नेकपा एमालेले बैठक चल्न नदिने तयारी गरेको छ ।

एमालेले आफूले कारबाही गरेका १४ जना सांसद आजको बैठकमा सहभागी भए संसद चल्न नदिने भन्दै सभामुख अग्नीप्रसाद सापकोटाले पनि राजीनामा दिनुपर्ने माग गरेको छ । आफूले कारबाही गरेका सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै एमाले, सभामुखसँग रुष्ट बनेको छ ।

एमालेको संसदीय दलको बैठकमा दलका नेता केपी शर्मा ओलीले एमालेले कारबाही गरेका सांसद उपस्थित भए संसद् चल्न नदिने बताइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *