तिजको बिदामा पनि नर्भिकको ओपिडी खुल्ने

काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालले तिजको बिदाको दिन पनि ओपिडी सेवालाई सुचारु गर्ने भएको छ ।

प्रायः अस्पतालहरूमा सार्वजनिक बिदाको दिन ओपिडी सेवा सञ्चालन हुँदैन । नर्भिकले भने तिजको बिदाको दिन समेत ओपिडी सेवा निश्चित अवधिका लागि सुचारु गर्ने निर्णय गरेको हो ।

नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार तिजको सार्वजनिक बिदा परेको बिहीबार नर्भिकमा केही कन्सल्ट्यान्टहरूले ओपिडी सेवा दिने नर्भिकले जनाएको छ ।

कार्डियोलोजीतर्फ डा. जेपी जैसवाल, अर्थोपेडिकतर्फ डा. सगुन जोशी, छातिरोग विशेषज्ञ डा. रमेश चोखानी, साइकाट्रिस्ट डा. यादव विष्ट, कार्डियोतर्फ नै डा. शैलेन्द्र कुश्वाहा, न्यूरोलोजिस्ट डा.सुनिल श्रेष्ठ, बालरोग विशेषज्ञ डा. अञ्जली बगेडिया, ग्यास्ट्रोलोजिस्ट डा.शशी, नाक, कान घाटी विशेषज्ञ डा. किरण राज र गाइनोकोलोजिस्ट डा. नूतन शर्माले ओपिडी सेवा दिने नर्भिकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *