एमसीसीबारे ओली- हावामा कुस्ती नखेलौँ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले एमसीसीबारे एमालेले अहिल्यै बोल्नु नपर्ने बताएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले अहिले एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्नुपर्ने बेला आइनसकेको बताएका हुन् ।

सरकारले यसबारेमा एमालेलाई आधिकारिक रुपमा केही नभनेको र संसदमा पेश नभएकाले अहिले नै यसबारेमा धारणा बनाउन जरुरी नभएको ओलीको भनाइ थियो । उनले भने‚ ‘एमसीसीबारे अहिल्यै धारणा बनाउनु भनेको हावामा कुस्ती खेल्नुजस्तै हो, त्यो अहिल्यै जरुरी छैन ।’

बैठकमा एमाले सांसदहरूले एमसीसीबारे पार्टीको धारणा के हो भन्नेबारे स्पष्ट हुनुपर्ने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *