पहिलोपल्ट संसद् बैठकमा सहभागी हुँदै एकीकृत समाजवादी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा बुधबार २ बजे बैठक बस्न लागेको हो ।

बुधबार ४ बजे शुरु हुने प्रतिनिधि र राष्ट्रिय सभा गरी दुवै संसद्को बैठकमा रणनीति बनाउन बैठक बस्न लागेको नेता जीवनराम श्रेष्ठले जानकारी दिए । एमाले विभाजनपछि बनेको एकीकृत समाजवादी पहिलो पटक संसद्को बैठकमा सहभागी हुँदैछ ।

योबीचमा एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन् । एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी संसदको चौथो ठूला दलका रुपमा उदाएको छ । उक्त पार्टीसँग प्रतिनिधिसभामा २३ र राष्ट्रिय सभामा ८ जना सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *