काबुलमा तालिबानद्वारा हवाइ फायर

काठमाडौँ । तालिबानी लडाकूले अफगानिस्तानको राजधानी काबुलमा हवाइ फायर गरेको छ ।

काबुलमा जम्मा भएको भीडलाई तितरबितर पार्नका लागि तालिबानले हवाइ फायर गरेको बीबीसीले जनाएको छ ।

प्रदर्शनकारीहरूले पाकिस्तानविरोधी नारा लगाउनुका साथै सरकारमा महिलाको सहभागिता सुनिश्चित गराउनुपर्ने भन्दै सडकमा उत्रिएका थिए ।

प्रदर्शनकारीले तालिबानको विरोध गरिरहेको नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ) जिन्दावाद भन्ने नारासमेत लगाएका थिए । पछिल्लो केही दिनयता काबुलमा थुप्रै प्रदर्शनहरू भइरहेका छन् ।

तालिबानले केहि समयअघि अफगानिस्तानको सत्ता कब्जामा लिएपछि महिलाहरू आफ्नो अधिकारबाट वञ्चित हुनुपर्ने भन्दै विभिन्न आशंकाहरू उब्जिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *