वाईसीएलको संयोजकमा देवकाेटा

काठमाडाैँ । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)को संयोजकमा सुमन देवकोटा चयन भएका छन् । यस्तै सह-संयोजकमा सुवोध शेर्पाली चयन भएका छन् ।

मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले संयोजक र सह-संयोजक चयन गरेको हो । भदौ दोस्रो हप्ता भएको राष्ट्रिय सम्मेलनले नेतृत्व चयन गर्न नसकेपछि यसको जिम्मा केन्द्रीय कमिटीलाई दिइएको थियो । त्यसैअनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि उपस्थित रहेको मंगलबारको बैठकले देवकोटालाई संयोजक र शेर्पालीलाई सहसंयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअघि देवकोटा र शेर्पाली दुवैले संयोजक दाबी गरेकाले सहमति हुन सकेको थिएन । यो कमिटीले संगठनको महाधिवेशन गर्ने वाइसीएलका नेताहरूले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *