सरकारको विज्ञप्तिले विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित : मानव अधिकार आयोग

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले गृह मन्त्रालयले केही दिनअघि जारी गरेको विज्ञप्तिले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको भन्दै आपत्ति जनाएको छ ।

मंगलबार विज्ञप्ति निकालेर आयोगले दार्चुलाका जयसिंह धामी प्रकरण तथा मित्रराष्ट्रहरूको सहयोगमा सञ्चालित विकास योजनालगायतका विषयलाई लिएर भइरहेको आन्दोलनलाई लक्षित गरी सरकारले प्रकाशित गरेका विज्ञप्तिहरूबाट नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन पुगेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

यो पनि : मित्रराष्ट्रका प्रधानमन्त्रीको पुत्ला जलाए कारबाही

गृह मन्त्रालयले भदौ १८ र २० गते निकालेका विज्ञप्तिहरूमा मित्रराष्ट्रहरूको सहयोगमा सञ्चालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्षित गरी प्रत्यक्ष वा परोक्ष रुपमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा नकारात्मक टिकाटिप्पणी‚ धम्कीपूर्ण अभिव्यक्ति दिनेजस्ता गतिविधि नगर्न आग्रह गरेको थियो । विज्ञप्तिमा त्यस्ता व्यक्तिमाथि सूक्ष्म रुपमा निगरानी राख्ने, विश्लेषण गर्ने र कानूनबमोजिम कडा कारबाही गर्ने तथा उच्छृङ्खल गतिविधि नगर्न सचेत गराउँदै विरोध प्रदर्शनलाई निरुत्साहित गर्ने, त्यस्ता गतिविधिमा संलग्न भई कानून हातमा लिनेलाई कडा कारबाही गर्ने चेतावनी दिइएको थियो ।

मानव अधिकार आयोगले सरकारले यसो भन्नु नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतावपरीत भएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *