प्रचार र प्रतिवाद गर्न कांग्रेसले गठन गर्‍यो ‘एनसी वीन’

काठमाडाैँ । नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि भन्दै पार्टीको प्रचार र विपक्षीको प्रहारलाई प्रतिवाद गर्ने उद्देश्यले ‘एनसी वीन’ (नेपाली कांग्रेस वाईड्ली ईन्फर्मेसन नेटवर्क) गठन गर्ने निर्णय गरेको छ ।

कांग्रेसको प्रचार विभागले प्रविधिमैत्री कांग्रेस अभियानअन्तर्गत ‘एनसी विन’ गठन गर्ने निर्णय गरेको हो । त्यस्तै विभागले ‘चिन्तन चौधौँ महाधिवेशन’ गर्ने निर्णयसमेत गरेको छ ।

यसअन्तर्गत विभिन्न विषयमा रहेर ‘प्यानल डिस्कसन’ गरिने विभागले जनाएको छ । प्रविधिमैत्री कांग्रेस अभियानअन्तर्गत ‘एनसी वीन’ले पार्टीको प्रचार र विपक्षी प्रहारको प्रतिवाद (वार रुम) उक्त एनसी विनले गर्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *