राम जानकी अस्पतालद्वारा दलित बच्चाको निःशुल्क उपचार

जनकपुरधाम । परिवारजनले उपचार खर्च तिर्न असमर्थता जनाएपछि जनकपुरका एक निजी अस्पतालले महोत्तरीका एक दलित बच्चाको निःशुल्क उपचार गरिदिएको छ ।

जनकपुरको रामजानकी अस्पतालले महोत्तरी मटिहानीका दलित बच्चाको उपचारमा खर्च भएको दुई लाख पचास हजार मिनाहा गरिदिएको हो ।

महोत्तरीको मटिहानी नगरपालिका मझौराकी अमृतादेवी सदाले भदौ २ गते जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा बच्चाको जन्म दिइन् । तर बच्चाको स्वासप्रश्वासमा समस्या देखिएपछि प्रादेशिक अस्पातलले अन्यत्र उपचार गर्न सुझाए । त्यसपछि भदौ ३ गते मध्यराति बच्चा लिएर अमृता रामजानकी अस्पताल पुगिन् । अस्पतालले बच्चालाई भर्ना गरी तत्कालै उपचार सुरु गर्‍यो ।

No description available.

अस्पतालका बालरोज विशेषज्ञ डा. हेमन्त शर्मा भन्छन्, ‘बच्चालाई सास फेर्न गाह्रो भइरहेको थियो, बाँच्छन् भन्ने ग्यारेन्टी थिएन । यद्यपी हामीले जोखिम मोलेर उपचार सुरु गर्‍यौँ । अन्ततः बच्चालाई बचाउन सफल भयौँ ।’

अस्पतालका अनुसार १९ दिन एनआइसीयू, ७ दिन भेन्टिलेटर र ३ दिन सी-प्यापमा बच्चालाई राख्नुपरेको थियो । बच्चाको उपचारमा ६ दिनअगाडि नै करिब दुई लाख ५० हजार रुपैयाँ खर्च भइसकेको थियो । तर अस्पताल प्रशासनले पैसा मागेपछि उपचाररत बच्चालाई छाडेर परिवारका सदस्यहरू भागिहाले । अस्पताल प्रशासनले पैसा नलिई निःशुल्क उपचार गरिदिने भनेपछि उनीहरू फर्केर बच्चा लिन आए ।

No description available.

‘गरिबीका कारण उपचार खर्च जुटाउन घर गएका थियौँ’, नातामा बच्चाको सानीआमा पर्ने रितादेवी सदाले भनिन्, ‘तर पैसा ऋण पनि पाइएन । अस्पतालबाट फोन गर्दा रुपैयाँ तिर्न नसक्ने भनेका थियौँ, अनि डाक्टरले रुपैयाँ नलाग्ने भनेपछि बच्चा लिन आएको छु ।’

अमृताका श्रीमान ओपी सदा बेरोजगार छन् । गाउँघरमै मजदुरी गरेर उनी परिवार पाल्छन् । उनको आफ्नो जग्गासमेत छैन । ‘खान त पुग्दैन, अस्पताललाई कसरी त्यति रुपैयाँ तिर्न सक्नु’, अमृताले भनिन्, ‘अस्पतालले पीडा बुझेर छोराको निःशुल्क उपचार गरिदियो । अस्पताल तथा डाक्टरलाई धन्यवाद दिन्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *