देशभर बदली, यी प्रदेशमा भारी वर्षा

काठमाडौँ । अहिले देशभर बदली भएको छ भने प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी तराई नजिक मनसुनको न्यून चापीय रेखा रहेकोले वर्षा भइरहेको हो ।

दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । यस क्रममा गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, बागमती तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षा पनि हुने सम्भावना छ। यस्तै राति पनि गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले उल्लेख छ ।

भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *