सत्ता साझेदार दलका ३ विद्यार्थी संगठन एमसीसीको विपक्षमा

काठमाडौं । सत्ता साझेदार दलका तीन विद्यार्थी संगठन अमेरिकी सहयोग सम्बन्धी परियोजना (एमसीसी) को विपक्षमा देखिएको छ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू र जनमोर्चा निकट अखिल छैटौँ एमसीसीको विपक्षमा उभिएको हो ।

उनीहरुले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै जबर्जस्ती तवरबाट एमसीसी पास गर्न खोजे कडा प्रतिकार गर्ने चेतावनी दिए । ‘अमेरिकी साम्राज्यवादी उद्देश्य पूरा गर्ने उद्देश्यले ल्याइएको एमसीसी परियोजनाले देशको सार्वभौमसत्तामाथि आँच पुग्नेछ भने असंलग्न परराष्ट्रनीतिलाई खण्डित गर्नेछ । जोर जबर्जस्तीपूर्ण ढंगले एमसीसी परियोजना अगाडि नबढाउन र त्यसरी अगाडि बढाइएमा कडा प्रतिकार गर्ने र संघर्षलाई अगाडि बढाउने चेतावनी दिन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

एमसीसीमा रहेका राष्ट्रहित विपरीतका सम्पूर्ण प्रावधानहरु खारेज गर्न माग विज्ञप्तिमार्फत जोडदार माग गरिएको छ । जोरजबर्जस्तीपूर्ण ढंगले एमसीसी परियोजना अगाडि नबढाउन चेतावनी दिँदै विद्यार्थी संगठनले त्यसरी अगाडि बढाइएमा कडा प्रतिकार गर्ने र संघर्षलाई अगाडि बढाउने स्पष्ट गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *