एमसीसीविरुद्धको तथ्यपरक आलोचनाको समर्थन गर्छौँ : अमेरिका

काठमाडौं । आफूलाई स्वतन्त्र अभिव्यक्तिको समर्थक भएको भन्दै अमेरिकाले एमसीसीविरुद्धको तथ्यमा आधारित आलोचनासमेत सह्य हुने बताएको छ । ‘शान्तिपूर्ण तरिकाले आफ्नो विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रको आन्तरिक अंग हो,’ सरकारले २७ वटा प्रश्न सोधेको २ दिनपछि आफ्नो आधिकारिक ट्वीटरमा नेपालस्थित अमेरिकी राजदूतावासले लेखेको छ, ‘एमसीसीविरुद्धको तथ्यमा आधारित आलोचनाको समर्थन गर्छौँ ।’

अमेरिका दशकौंदेखि नेपाल र नेपाली जनताको समृद्धि चाहने देशको भएको ट्वीटमा उल्लेख गरिएको छ । नेपालमा एमसीसी अनुमोदन गर्ने तयारी चलिरहेको भनिएका बेला अमेरिका नरम रूपमा प्रस्तुत भएको हो । यद्यपि यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ । एमसीसी उपाध्यक्ष फतिमा सुमार नेपाल आउने पूर्वसन्ध्याको अमेरिकाको ‘नरम प्रस्तुति’ले के संकेत गर्छ, हेर्न बाँकी छ ।

नेपालका अधिकांश नेता, कानूनवेत्ता तथा नागरिक अगुवाहरुले संशोधनपछि मात्रै एमसीसी पारित हुनुपर्ने बताइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *