माओवादी केन्द्रले प्रदेश १ मा तोक्यो जिम्मेवारी‚ को कहाँ ?

विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश समितिले नेताहरुको कार्यविभाजन गरेको छ । भदौ २० गते प्रदेश समिति कार्यालयको बैठकले विभिन्न जिल्लामा नेताहरूलाई सह-ईन्चार्ज र संयोजकहरूको जिम्मेवारी दिएको हो ।

बैठकले पाँचथरमा हर्कबहादुर नेम्वाङलाई सह-ईन्चार्ज र होमबहादुर जबेगुलाई संयोजकको जिम्मेवारी दिएको छ ।

माओवादी केन्द्रले ताप्लेजुङको संयोजकको जिम्मेवारी विजयप्रकाश बनेमले पाएका छन् । इलाममा हर्कबहादुर लावती र टीका घिमिरे सहसंयोजक बनेका छन् भने सोममाया राई जिल्ला संयोजक भएकी छन् ।

माओवादी केन्द्रले झलकसिंह दर्लामीलाई झापा जिल्लाको सह-ईन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको छ भने झापा संयोजकको जिम्मेवारी मनिकुमार राईले पाएका छन् । मोरङमा प्रदेशसभा सदस्य कुलप्रसाद साम्बाले सह-ईन्चार्जको जिम्मेवारी पाएका छन् भने गणेश उप्रेती जिल्ला संयोजक बनेका छन् ।

सुनसरीमा मुक्साहाङ मेन्याङबो र शिबकुमार डाँगी सहइन्चार्ज भएका छन् भने योगेन्द्रप्रसाद मण्डल संयोजक बनेका छन् ।

यसैगरी धनकुटा सह-ईन्चार्जमा धनमाया विकलाई जिम्मेवारी दिइएको छ भने ऋषिराम ढुङ्गानाले संयोजकको जिम्मेवारी पाएका छन् । संखुवासभामा रिपुप्रसाद राई, इन्दिरा मिश्र र थानप्रसाद अधिकारी सह-ईन्चार्ज बनेका छन् भने संयोजकमा कृष्ण जीमी याक्खालाई जिम्मेवारी दिइएको नेकपा माओवादी प्रदेश समितिले जानकारी दिएको छ ।

भोजपुर जिल्ला सह-संयोजकको जिम्मेवारी दिलकुमार राईले र संयोजकको जिम्मेवारी नगेन्द्र भुजेलले पाएका छन् । यस्तै खोटाङ सह-ईन्चार्जमा ध्रुव बुढाथोकीलाई र संयोजकमा देवन चाम्लिङ्ग राई जिम्मेवारी दिने निर्णय माओवादी केन्द्रले गरेको छ । ओखलढुंगामा प्रदेशसभा सदस्यसमेत रहेका मोहनकुमार खड्का संयोजक बनेका छन् ।

माओवादी केन्द्रले उदयपुरमा तीन जना ईन्चार्ज बनाएको छ । उदयपुरमा भीमबहादुर अधिकारी, मोहनबहादुर खत्री र राजन किराँती सह-ईन्चार्ज बनेका छन् भने बिनोद कटुवालले जिल्ला संयोजकको जिम्मेवारी पाएका छन् ।

नेकपा माओवादी केन्द्रले विराटनगर महानगरपालिको सह-ईन्चार्जमा हेमबहादुर कार्कीलाई जिम्मेवारी दिएको छ भने भोगेन्द्र यादवलाई संयोजक र नमिता न्यौपानेलाई सचिवको जिम्मेवारी दिने निर्णय गरेको प्रदेश ईन्चार्ज सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

No description available.

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *