सरकारले एकपछि अर्को गलत निर्णय गरिरहेको छ : गगन

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले एकपछि अर्को गलत निर्णय गरेको आरोप लगाएका छन् ।

कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर दुईले सोमबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा थापाले जयसिंह धामीदेखि सडकमा बोल्न नपाउने जस्ता गलत निर्णय कांग्रेस नेतृत्वको सरकारले गरेको भन्दै झकझकाउने बेला आएको बताएका हुन् ।

उनले प्रतिनिधिसभाको बाँकी अवधीभर सरकारले जनताको ढोका खोल्ने गरी काम गर्नुपर्ने धारणा राखे । थापाले आगामी चुनावमा कसैको काँधमा नचढी बहुमत प्राप्त गर्नेगरी तयारी गर्नुपर्ने बताए ।

उनले पार्टीको विधि विधानविपरीत काम भएका कारण कांग्रेस कमजोर भएको भन्दै विधि विधानअनुरुप नै पार्टी सञ्चालन गर्न नेतृत्वको ध्यानाकर्षणसमेत गराएका छन्

कार्यक्रममा कांग्रेसका नेताहरूले वडा, गाउँ-नगर, संघ, प्रदेशलगायत केन्द्रीय महाधिवेशन धाँधलीरहित, निष्पक्ष र पारदर्शीरुपमा सम्पन्न गर्नुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *