एनसेलले ल्यायाे ‘डेटा सधैँ अन’ याेजना

काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले आफ्नो फोरजी सेवाको विस्तारलाई केन्द्रित गर्दै नयाँ अभियान सुरु गरेको छ । कम्पनीले सोमबार ‘डेटा सधैँ अन’ अभियानको घोषणा गरेको हो ।

यस अभियानले मोबाइल ब्रोडब्यान्ड सेवाबाट पाउन सकिने अवसरहरूबाट लाभ लिनका लागि एनसेल फोरजी नेटवर्कका साथ सधैँ कनेक्टेड र अन रहन प्रोत्साहन गर्ने एनसेलले जनाएको छ ।

देशको सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकासमा एक प्रमुख भूमिका निर्वाह गर्दै देशैभर उच्चगतिको इन्टरनेट सेवाको पहुँच सुनिश्चित गर्न र डिजिटल नेपाल निर्माणको राष्ट्रिय लक्ष्य प्राप्तिमा योगदान पुर्‍याउन एनसेल प्रतिबद्ध रहेको जनाएको छ ।

फोरजी सेवाको लाभ लिनका लागि ग्राहकले एनसेलको सीम सजिलै लिन सक्छन् र थ्रिजी सीम प्रगोग गरिरेहेका ग्राहकले नजिकैको एनसेल सेन्टर, एनसेल पसल वा एनसेलको आधिकारिक स्टोरबाट निःशुल्क आफ्नो सीम फोरजीमा अपग्रेड गर्न‚ अर्थात् आफूले चलाइरहेकै नम्बरमा नयाँ फोरजी सीम लिन सक्ने एनसेलले उल्लेख गरेको छ ।

एनसेलका अनुसार मोबाइल ब्रोडब्यान्डको फाइदा सुनिश्चित गराउँदै कम्पनीले विभिन्न उपभोक्तामैत्री अफरहरू ल्याउनेछ । एनसेलले देशभर ७२ लाखभन्दा बढी ग्राहकलाई डेटा सेवा प्रदान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *